लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश अनुमोदन

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बुधबार सम्पन्न १७औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको लाभांश पारित भएको छ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १० प्रतिशत लाभांश अनुमोदन गरेको हो । 

जसमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन् । सभाबाटसञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्ताव पनि पारित भएका छन् । 

सभाले कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट वृद्धि गरी ३ अर्ब कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै मर्जरसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया