पहिलो दिनमै राप्ती हाइड्रोको आईपीओमा १.५६ गुणा बढी आवेदन

३ बर्ष अगाडि

काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ पहिलो दिन नै १.५६ गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्ममा २ लाख ९७ हजार ३३९ आवेदनबाट ३४ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको ३४ लाख ९ हजार ९० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको २१ लख ७६ हजार ९४० कित्ताको १.५६ गुणा बढी हो । कम्पनीले २३ करोड २८ लाख ६१ हजार ७०० रुपैयाँ बराबरको २३ लाख २८ हजार ६१७ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । 

त्यसमध्ये ३ प्रतिशत अर्थात ६९ हजार ८५९ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात एक लाख १६ हजार ४३१ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ ।

सर्वसाधारणले बाँकी रहने २१ लाख ४२ हजार ३२७ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले निष्कासन गरेको शेयरमा साउन १ गतेसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया