अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा कति पर्‍यो आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब साढे १५ लाख भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ४८ हजार २९७ वटा आवेदनबाट एक अर्ब ७५ करोड ६९ लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ६९ हजार ३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको १३ लाख ९५ हजार कित्ताको १२.५९ गुणा बढी हुन आउँछ ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । 

त्यसमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणलाई बाँकी १३ लाख ९५ हजार कित्ता शेयर वितरण हुनेछ ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथबाट वितरण हुनेछ । त्यस अनुसार १३ हजार ९५० जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया