साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा हरीयाली छाएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.६८ अंक घटेर १९२७.२८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) ५९.५४ अंकले बढ्दा १९८६.८२ को विन्दुमा उक्लिएको छ ।
२२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४ करोड बढीको शेयर कारोबार भएको छ।
नेप्से बढेसँगै यस दिन २ स्टकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै, सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशतले बढेर सकरात्मक सर्किट लेभमा कारोबार भएको हो ।
प्रतिक्रिया