साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा हरीयाली छाएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.६८ अंक घटेर १९२७.२८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) ५९.५४ अंकले बढ्दा १९८६.८२ को विन्दुमा उक्लिएको छ ।
२२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४ करोड बढीको शेयर कारोबार भएको छ।
नेप्से बढेसँगै यस दिन २ स्टकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै, सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशतले बढेर सकरात्मक सर्किट लेभमा कारोबार भएको हो । यस दिन एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ। अन्य स्टकको शेयरमूल्य गिरावट भने २ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
बुधबार सबै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ६.२५ प्रतिशत बढेको छ भने व्यापारको ५.३९ प्रतिशत बढेको छ। कारोबारमा आएकोा जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया