शिवम सिमेन्टसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा हरीयाली छाएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११।६८ अंक घटेर १९२७।२८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) ५९.५४ अंकले बढ्दा १९८६.८२ को विन्दुमा उक्लिएको छ । 

२२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४ करोड बढीको शेयर कारोबार भएको छ।

२ अर्ब बढीको कारोबार हुदाँ सर्वाधिक धेरै शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ९ करोड बढीको रुपैयाँको कारोबार भएको हो  ।

आज एनआइसी एसिया बैंकको ८ करोड ३३ लाखको शेयर कारोबार भएको छ भने नेपाल बैंकको ७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्यालीको ६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया