अपि पावर कम्पनीको हकप्रद शेयर बुधवार नेपाल स्टक एक्सेञ्च (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
अब यो हकप्रद शेयर विहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख १५ गतेसम्म निष्कासन गरेको ३९ दशमलव ३६३३ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया