साउन महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच अनौपचारिक सहमति भएको छ।
वाणिज्य बैंकका सीईओहरुबीच साउनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने सहमति भएको नेपाल बैंकर्स संघस्थित स्रोतले बताएको छ । ‘भोलि बस्ने बैंकर्स संघको कार्यसमितिको बैठकले ब्याजदर स्थिर राख्ने र असारकै ब्याजदरलाई निरन्तरता दिने औपचारिक निर्णय गर्न सक्छ’, स्रोतले भन्यो।
वाणिज्य बैंकहरुले गत माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन्। जसअनुसार साउनमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिनेछन्। रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन्।
प्रतिक्रिया