२४ वर्ष यताकै उच्च मूल्यवृद्धि नियन्त्रण गर्न दक्षिण कोरियाले बढायो औसत ब्याजदर, क्यानडाको ०.५ प्रतिशत वृद्धि

३ बर्ष अगाडि

एजेन्सी - २४ वर्ष यताकै उच्च भएको मूल्यवृद्धि नियन्त्रण गर्न दक्षिण कोरियाले ०.५ प्रतिशतले औसत ब्याजदर वृद्धि गरेको छ ।

यसैगरी चार दशक यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न क्यानडाको केन्द्रीय बैंकले पनि ०.५ प्रतिशतले ब्याज दर बढाएको छ । क्यानडा र दक्षिण कोरियाले ब्याज दर वृद्धि गर्दै गर्दा ३२ वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न न्युजिल्यान्डले पनि ०.५ प्रतिशतले औसत ब्याज दर बढाएको हो ।

अर्थतन्त्रको वर्तमान अवस्था र मुद्रास्फीतिलाई नियन्त्रण गर्न औसत ब्याजदर बढाउँदा अर्थतन्त्र खुम्चिने सम्भावनालाई मध्यनजर गर्दै हाल ०.५ प्रतिशतले ब्याजदर बढाएको दक्षिण कोरियाली केन्द्रीय बैंकले जनाएको छ । हाल दक्षिण कोरियाको मुद्रास्फीति दर ७ प्रतिशत रहेको छ ।

यसैगरी क्यानडाको मुद्रास्फीति दर ७.९ प्रतिशत रहेको छ भने न्युजिल्यान्डको मुद्रास्फीति दर ६।९ प्रतिशत रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया