दोर्दी खोलाको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा

३ बर्ष अगाडि

काठमाडौं, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार भोली बिहिबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले डिओआरदी कारोबार संकेत प्रदान गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया