सानिमा लाइफ र रिलायन्स लाइफबिच मर्जरमा जाने सम्झौता

३ बर्ष अगाडि

काठमाडौं - सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको छ । 

होटेल मेरियटमा आज बिहान ९ बजे दुवै कम्पनीका अध्यक्षहरुले मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मर्जरमा जान स्वाप रेसियो डीडीएपछि मात्रै तय हुने कम्पनीहरुले जानकारी गराएका छन् । 

हाल सानिमाको चुक्तापुँजी २ अर्ब ८ करोड रुपैयाँ र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । दुवै कम्पनी समान हैसियतमा मर्ज भएमा चुक्तापुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । 

बीमा समितिको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने हुन्छ । समितिले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन हकप्रद सेयर जारी गर्नुपर्ने देखिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया