ट्विटरद्धारा ४४ अर्ब डलरको सम्झौता पूरा गराउन एलन मस्कविरुद्ध अदालतमा मुद्दा दर्ता

३ बर्ष अगाडि

एजेन्सी - सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ । 

ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कविरुद्ध ट्विटरको प्रतिसेयर ५४.२० डलरको सम्झौता पूरा गर्न आदेश दिन मुद्दा दायर गरेको हो । मस्कले गत शुक्रबार आफूले ट्विटर नकिन्ने घोषणा गरेका थिए। त्यसपछि ट्विटर कानुनी लडाइँ लड्ने निर्णयमा पुगेको छ । 

मस्कले पटकपटक सम्झौताका सर्त तोडेकाले आफू पछि हटेको बताउँदै आएका छन्  उनले नक्कली अकाउन्टको संख्याबारे ट्विटरले जानकारी नदिएको आरोप पनि लगाएका छन् । 

मस्कले ट्विटर किन्नका लागि गत अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए। यो सम्झौता ४४ अर्ब डलरमा भएको थियो । तर, अर्को महिना उनले नक्कली र स्प्याम खाताहरुको संख्यामा पर्खिरहेकाले सम्झौता अस्थायी रुपमा होल्डमा रहेको बताएका थिए ।

मुद्दामा मस्कले ट्विटर खरिद सम्झौताका नियमहरु उल्लंघन गरेको आरोप लगाइएको छ । आरोपपत्रमा यो पनि भनिएको छ कि मस्कले यो सम्झौताबाट पछि हटेका छन् किनभने यसले अब उनको व्यक्तिगत स्वार्थ पूरा गर्दैन ।

ट्विटरका अध्यक्ष ब्रेट टेलरले ट्विट गर्दै लेखेका छन्, ‘माइक्रोब्लगिङ साइटले एलन मस्कलाई सम्झौताको दायित्वहरुका लागि जवाफदेही बनाउन चाहन्छ ।’

३ बर्ष अगाडि

प्रतिक्रिया