काठमाडौं - सिटिजन्स बैंक इन्टेरनेसनलले आजदेखि साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीका नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो।
यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५२ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्छ ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा १ हजारले गुणन वा सम्पूर्ण कित्रा खरिदका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र आउँदो साउन ११ गते अपराह्न ३ बजेसम्म पेस गरिसक्नुपर्नेछ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया