आजबाट बिक्रीमा आयो एनसीसी बैंकको सवा २६ लाख कित्ता बढी संस्थापक सेयर, कहिलेसम्म दिन सकिन्छ आवेदन

३ बर्ष अगाडि

काठमाडौं - एनसीसी बैंकले आजदेखि सवा २६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी र कम्पनीका नाममा रहेको २६ लाख ३३ हजार १३६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३१ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्छ । 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजारले गुणन वा सम्पूर्ण कित्रा खरिदका लागि आवेदन दिन सकिनेछ । 

बोलपत्र आउँदो साउन ११ गते अपराह्न ३ बजेसम्म पेस गरिसक्नुपर्नेछ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया