काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न खोज्दा अनेक दबाव र उल्झन झेल्नु परेका बताएका छन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वाषिर्कोत्सव समारोहमा सञ्चारमन्त्री बास्कोटाले भने पटक–पटक तर्साएको छ, हल्लाएको छ, कि यो संस्थाको आवश्यकता छैन भनिदिनुपर्यो, छ देशको सम्पत्ति हो भने रक्षा गर्नुपर्यो, सुदृढ गर्नुपर्यो, बलियो बनाउनुपर्यो, यहाँ के को लेनादेनाको कुरा छ,’ । टेलिकमको फोरजी परियोजना रोक्न प्रपञ्च गरिएको उनको भनाइ छ ।
उनले फोरजी परियोजना अघि बढाउन खोज्दा राति–राति फोन गरेर तर्साइएको बताए । टेलिकमलाई डुबाएर कसैको निजी हितमा सम्झौता नगर्ने उनले बताए । ‘यो संस्थाको हितको लडाईंमा म कोहीसँग पनि घुँडा टेक्दिन, मैले यही कसम खाएको छु’, बासकोटाले भने ।
छानबिनका नाममा अख्तियार दुरुपयोग अनुसन्धानले एक वर्ष झुलाएको भन्दै उनले पछिल्लो समय विभिन्न संसदीय समितिले समेत अनावश्यक रोकतोक गर्न खोजेको बताए ।
प्रतिक्रिया