सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबिच सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौतापश्चात सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकले सम्बन्धित कार्डको सर्त बन्देज तथा सुविधाको अधीनमा रही क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकलाई थप सुविधा प्राप्त हुनेछ । 

मोको डिजिटल वालेटमा कार्ड लोड गरिसकेपछि विभिन्न प्रयोजनका लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।  क्रेडिट कार्डवाहकले समेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुनेछ ।  

सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकका तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया