काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिजअन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबीर२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ।
यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन् ।
यस अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताका लागिमात्र रु।१९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ।
त्यस्तै ८जीबीर२५६जीबीको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र रु। १४९९ मा पाउन सक्नेछन् ।
एसेसरिज र तिनीहरुको छुटपछिको खरिद मूल्य :

प्रतिक्रिया