सगरमाथा इन्स्योरेन्सको तीन अर्ब बीमाशुल्क आम्दानीको लक्ष्य पुरा

३ बर्ष अगाडि

काठमाडौं - सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमाशुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चालू आर्थिक वर्षको असार २८ गतेसम्ममा कम्पनीको बीमा शुल्क बापतको आम्दानी तीन अर्ब नाघेको छ ।

तीन अर्ब रुपैयाँ बीमाशुल्क आम्दानीको लक्ष्य पुरा भएकोमा सगरमाथा इन्स्योरेन्सका कर्मचारीले खुशियाली मनाउँदै केक काटेका छन् ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको थियो । यो अघिल्लो आ।वको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया