साताको दोस्रो कारोबारको दिन(मंगलबार) नेपाल स्टक एक्सेञ्च (नेप्से) सामान्य अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ७७.०१ अंक घटेर १९१५.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ११.६८ अंकले बढेर १९२७.२८ को बिन्दुमा बन्द भएको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको हो ।
यस्तै,एनआरएन इन्फ्रास्ट्रक्चरको ८.२२ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ६.९६ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको ६.२७ प्रतिशत र अरुण काबेली पावरको ५.८५ प्रतिशतले शेयरमूल्य बढ्न पुगेको छ ।

प्रतिक्रिया