११ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

३ बर्ष अगाडि

साताको दोस्रो कारोबारको दिन(मंगलबार) नेपाल स्टक एक्सेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । 

अघिल्लो कारोबार दिन अर्थात सोमबार ७७.०१ अंक घटेर १९१५.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ११.६८ अंकले बढेर १९२७.२८ को बिन्दुमा बन्द भएको छ ।

शेयर बजार बढेपनि शेयर कारोबार भने घटेको छ । आज नेप्सेमा कारोबार रकम भने एक अर्बका सिमित रहेको छ ।  

नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।  

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण काबेली पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ९५ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

११ अंकले बढेको बजारमा १३ वटै उपसमुहमा हरियाली छाएको छ ।

यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया