साताको दोस्रो कारोबारको दिन(मंगलबार) नेपाल स्टक एक्सेञ्च (नेप्से) सामान्य अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ७७.०१ अंक घटेर १९१५.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ११.६८ अंकले बढेर १९२७.२८ को बिन्दुमा बन्द भएको छ ।
शेयर बजार बढेपनि शेयर कारोबार भने घटेको छ । आज नेप्सेमा कारोबार रकम भने एक अर्बका सिमित रहेको छ ।
नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण काबेली पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ९५ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।
त्यस्तै, गोर्खाज फाइनान्सको ७ करोड ६० लाख, शिवम् सिमेन्ट्सको ७ करोड ४० लाख, युनाइटेड इदि मार्दिको ५ करोड ९३ लाख र हिमालयन डिस्टिलरीको ५ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया