अपर हेवाखोलाको १५ लाख कित्ता आईपीओ साढे १० लाख बढी आवेदन,कति कित्ता शेयरको खरिदमाग ?

३ बर्ष अगाडि

काठमाडौं- अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा साढे १० लाख बढी आवेदन परेको छ । 

सीडीएसका अनुसार आज मंगलबार बिहान १० बजेसम्ममा १० लाख ५९ हजार ९३९ जनाले १ करोड २१ लाख ९६ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.७४ गुणा बढी आवेदन हो ।
 
कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
 
बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा यसअघि बुधबार (असार २८ गते) सम्म आवेदन दिन सकिने जनाइएको थियो । तर, आइतबार (असार २६ गते) बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले सो दिनको सट्टामा बुधबार पनि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 
 
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया