१० प्रतिशत लाभांश प्रस्तावसहित लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि हुदैँ, कति बजे ?

३ बर्ष अगाडि

काठमाडौं, लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको १७औं वार्षिक साधारण सभा भोलि (असार २९ गते) हुदैँछ । सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं बिहान ११ बजे बस्नेछ ।

कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश पारित गर्नेछ । 

कम्पनीको हाल कायम १ अर्ब २५ करोड रुपैयाँ अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव समेत सभाले पारित गर्नेछ । अन्य कुनै कम्पनीलाई प्राप्ति गर्न वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई सभाले अख्तियारी पनि प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असार १५ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार असार १४ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया