६ जीवन बीमा कम्पनीलाई बीमा समितिको पत्र, कुन/कुन र किन ?

३ बर्ष अगाडि

काठमाडौं- बीमा सिमितले ६ जीवन बीमा कम्पनीलाई सचेत पत्र पठाएको छ । 

एकल बीमाशुल्क भुक्तानी गरी धेरै बीमालेख बिक्री गरेका ६ जीवन बीमा कम्पनीमा सम्पत्ति शुद्धिकरणको आशंकामा छानबिन गरिएको छ। समितिले ती ६ ६ जीवन बीमा कम्पनीलाई सात दिने सचेत पत्र पठाएको हो ।समितिले पत्र पठाएको सात दिनभित्र उत्तर दिन समितिले ६ बीमा कम्पनीहरुलाई आग्रह गरेको छ।

शुद्धिकरणमा सघाएको आशंकामा राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको निर्देशनमा बीचमा समितिले छानबिन गर्ने भएको हो । एलआइसी नेपाल, नेपाल लाईफ, सूर्या लाईफ, यूनियन लाईफ, रिलायन्स लाईफ र आइएमई लाईफले बिक्री गरेका एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएको जीवन बीमालेख सम्बन्धमा छानबिन गरिएको हो।

एकल बीमाशुल्क भुक्तानी गरेर लामो समयका लागि बीमालेख जारी गरिएपनि तीस दिन पछि, एक वर्ष पछि, तीन वर्ष पछि कर्जा लिएको वा समर्पण गरेर पैसा झिकेको घटना दोहोरिन थालेपछि उक्त आंशकामा छानविन गरिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया