कर्मचारी सञ्चय कोषमा विभिन्न पदमा ५८ जना कर्मचारी माग, कहिलेसम्म दिनुपर्ने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । 

कोषले खुला प्रतियोगितामार्फत स्थायी पूर्ति गर्न लागेको हो। जसअनुसार कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ। 

कोषले सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध ९कानुनु० १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक (वित्त विश्लेषक) २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको छ। 

इच्छुक उम्मेदवार यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सकिनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया