कोरियन भाषा परीक्षा साउन २ गते (सोमबार) हुने भएको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत गणतन्त्र कोरिया जाने नेपाली कामदारको उत्पादनमूलक क्षेत्रको कोरियन भाषा EPS-TOPIK (UBT-2022) परीक्षा साउन २ गते हुने भएको हो। जसअनुसार तीन सिफ्टमा परीक्षार्थीहरुको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण र भाषा परीक्षा हुनेछ।
पहिलो सिफ्टमा परीक्षार्थीको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण बिहान ८ बजे, दोस्रो सिफ्टमा बिहान ९ः३० बजे र तेस्रो सिफ्टमा मध्याह्न १२ बजे हुनेछ।
त्यसैले भाषा परीक्षा पनि पहिलो सिफ्टमा बिहान १० बजेट, दोस्रो सिफ्टमा बिहान ११ः३० बजे र तेस्रो सिफ्टमा दिउँसो २ बजे हुनेछ।
भाषा परीक्षा केन्द्र ललितपुर जिल्लाको भैंसेपाटीस्थित सीबीटी भवनमा हुनेछ। बायोमेट्रिक रजिस्टर ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा हुनेछ।
प्रतिक्रिया