काठमाडौं-नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरको सम्पूर्ण कार्य अन्तिम सहमति भएको छ। हिजो काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । मर्जरका लागि नेपाल बंगलादेश बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सम्झौता भएको हो ।
सम्झौता हस्ताक्षर भएसँगै नेपाल बंगलादेश बैंकलाई प्राप्तिमा गर्ने नबिल चुक्ता पुँजीका हिसाबले नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो बैंक बनेको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका अध्यक्ष उपोन्द्र पौडेल र बंगलादेश बैंक बैंकका अध्यक्ष नजमुस सकिबले हस्ताक्षर गरेका हुन् ।
अहिलेसम्म चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई रहेको छ। जसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ। आजदेखि नबिल बैंक नेपालको सबैभन्दा ठूलो बैंक रहनेछ । नबिल बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्नेछ। योसँगै चुक्ता पुँजीको हिसाबमा नेपालको सबैभन्दा ठूलो बैंक ठहरिनेछ।
नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड छ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालका अनुसार नबिल र नेपाल बंगलादेश बैंकका आआफ्नै सबल पक्ष छन्। नेपाली बैंकिङ क्षेत्रमा केही बैंकहरुको मर्जर भाँडिइरहँदा नबिल र एनबीले एकीकृत कारोबार थाल्न लागेका हुन्। नबिल बैंकले चालू आर्थिक वर्षको नौ महिना अवधिमा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा गरेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको यो अवधिमा केही कम देखिए पनि उच्च देखिन्छ।
बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक र नेपाल बंगलादेश बैंक एकआपसमा प्राप्ति एक्विजिशनको आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दे बैक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेको बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै बिस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।
उनले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्व टेवा पुर्याउने बताए । बैंक ठूलो भए सँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिइएको उनले बताए ।
“हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्नेस देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने पूँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं । साथसाथै सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ आज बाट एकिकृत कारोबार शुरु गरेका छौं,” उनले थपे ।


प्रतिक्रिया