काठमाडौं, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ।
सोमबार एक कार्यक्रमबीच सिद्धार्थ र प्रिमियरबीच मर्जरमा जाने समझदारी भएको हो। समझदारीपत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
दुवै कम्पनीबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ।
यी दुवै कम्पनी समान हैसियतमा गाभिएमा चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। हाल प्रिमियरको १ अर्ब २२ करोड र सिद्धार्थको १ अर्ब २८ करोड रुपैयाँबराबरको चुक्तापुँजी रहेको छ।
प्रतिक्रिया