एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य नेप्सेमा समायोजन, समायोजनपछिको मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलबार एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो

नेप्सेले बैंकको ८.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, बैंकको शेयर प्रतिकित्ता ३४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले लाभांश प्रस्ताव पारित गर्न साउन ९ गते, सोमबार, सिद्धार्थ होटल, बिर्तामोडमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गर्नेछ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया