एक महिनामा १७ करोड डलरले बढयो विदेशी मुद्रा सञ्चिति

३ बर्ष अगाडि

काठमाडौं- जेठ महिनामा ९ अर्ब ४५ करोड अमेरिकी डलर पुगेको छ । गत बैशाख महिनामा विदेशी मुद्रा सञ्चिति ३८ करोडले घटेर ९ अर्ब २८ करोडअमेरिकी डलरमा सिमित हुन पुगेको थियो ।

राष्ट्र बैंकका अनुसार यो सञ्चितिले ६.७३ महिनाको मात्रै वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। चालु आर्थिक वर्षको शुरुमा ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति थियो ।

शुरुमा नेपाल राष्ट्र बैंकले पहिलो चरण, दोस्रो चरण गरेर विभिन्न ४७ हारमोनिक कोडका वस्तुहरुको आयातको लागि एलसी खोल्दा ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने नीति ल्यायो । यसकै अनु्सरण गर्दै सरकारले चुइगम,महंगा मोबाइललगायतका १० वस्तुहरुको आयातमै प्रतिबन्ध लगायो । यसकै असर स्वरुप जेठ महिनामा केही मात्रामा विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको हो । 

सरकारको आयातमा नियन्त्रण एवम् रेमिट्यान्स आप्रवाहमा समेत केही सुधार हुँदा जेठ महिनामा शोधनान्तर घाटा केही घटेर २ सय ६९ अर्ब ८१ करोड रुपियाँ पुगिसकेको छ । नेपालमा भित्रिने र बाहिरिने कुल रकमको फरक नै शोधनान्तर स्थिति हो । यो घाटा बैशाखको तुलनामा १८ अर्ब ६९ करोड रुपियाँले कम हो ।

बैशाखसम्म निर्यातबाट १८५ अर्ब ८४ करोड, रेमिट्यान्सबाट ९ सय ४ अर्ब १८ करोड, प्रत्यक्ष वैदेशिक लगानीबाट १७ अर्ब ३५ करोड रुपियाँ मात्रै नेपाल भित्रिएको छ । तर देशको व्यापार घाटा नै १५ सय ७७ अर्ब ३९ करोड रुपियाँ पुगिसकेको छ भने देशमा पर्याप्त पर्यटक नभित्रिंदा सेवा घाटा समेत ६३ अर्ब ८९ करोड रुपियाँ पु्गेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया