पछिल्लो ४ दिनमा बैंकिङ प्रणालीमा ४५ अर्ब रुपैयाँ निक्षेप थपियो, कर्जा लगानीमा भने गिरावट

३ बर्ष अगाडि

काठमाडौं, बैकिङ प्रणालीमा पछिल्लो ४ दिनमा ४५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। 

पछिल्लो तथ्यांकअनुसार असार २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। गत असार २२ गतेसम्म कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४५ अर्ब रुपैयाँले बढेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने घटेर असार २६ गतेसम्म ४६ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ। गत असार २२ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा कर्जा लगानी १० अर्ब रुपैयाँले घटेको छ। 

तथ्यांकअनुसार असार २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो घटेर ८७.१६ प्रतिशतमा झरेको छ। गत असार २२ गतेसम्म औसत सीडी रेसियो ८८.०६ प्रतिशत थियो।

वाणिज्य बैंकहरुको सीडी रेसियो पनि घटेर ८७.२३ प्रतिशतमा झरेको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया