काठमाडौं- साताको पहिलो कारोबारको दिन (सोमबार) शेयर बजारमा पहिरो गएको छ ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ३४.७० अंक घटेर १९९२.६२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज ७७.०१ अंकले घटेर १९१५.६१ को बिन्दुमा झरेको छ ।
राताम्मे शेयर बजारमा ६ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । आज सानिमा डिभेञ्चरको शेयर सबैभन्दा धेरै बढेको छ। सर्वाधिक कमाएको डिभेञ्चर नै आज २ प्रतिशतले मात्रै बढेको छ ।
त्यस्तै, बुओको डिभेञ्चर ८६, गुडबिल फाइनान्स २०८३, मेगा म्युचुअल फण्ड र सोल्टि होटलको शेयरमूल्य बढेको हो ।
प्रतिक्रिया