काठमाडौं- साताको पहिलो कारोबारको दिन (सोमबार) शेयर बजारमा पहिरो गएको छ ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ३४.७० अंक घटेर १९९२.६२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज ७७.०१ अंकले घटेर १९१५.६१ को बिन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।
उच्च अंकले घटेको शेयरबजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।
यस दिन ग्रामिण विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने किसान लघुवित्तको ९.१५ प्रतिशत,हिमालयन पावर पार्टनरको ९.०९ प्रतिशत,माउन्टेन हाइड्रोको ९.०९ प्रतिशत र पोखरा फाइनान्सको ८.९१ प्रतिशतले घटेको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
प्रतिक्रिया