हिमालयन डिस्टिलरीसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (सोमबार) शेयर बजारमा पहिरो गएको छ ।

अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ३४.७० अंक घटेर १९९२.६२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज ७७.०१ अंकले घटेर १९१५.६१ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

उच्च अंकले घटेको शेयरबजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड ७१ लाख, अपर तामाकोशीको ८ करोड ४१ लाख, एशियन लाइफको ८ करोड १७ लाख र नेपाल लाइफको ७ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया