नियमावली २०६४ को संशोधन फिर्ता लिन ब्रोकर एसोसिएसनको माग

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक ब्रोकर एसोसिएसनले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धी नियमावली २०६४ को संशोधन फिर्ता लिन अनुरोध गरेका छन् । एसोसिएसनले आज बोर्डमा ज्ञापनपत्र मार्फत हचुवाका भरमा कयौ गुणा पूँजी बढाउने काम भएको भन्दै यसलाई फिर्ता लिन आग्रह गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारि तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरि संसोधन प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गरेको छ । 

उक्त नियमावली धितोपत्र दलाल व्यवसायिहरुसँग प्रत्यक्ष सम्बन्धित नियमावली रहेको तर बिगतमा यस्ता सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपुर्व राय सुझाव लिइने गरेकोमा यस पटक भने बेवास्ता गरेको उनिहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

हाल संचालनमा रहेका व्यवसायिहरुबाट भौगोलिक रुपमा बजारको तथा सेवाको बिस्तार हुननसकेको भन्ने तथ्यहिन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलालले जनाएका छन् । 

यसरी एकाएक संख्या बढाउने गरी ल्याइएको प्रावधानले दसकौदेखि कायम ब्रोकरहरुको निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको उनिहरुले दुख व्यक्त गरेका छन् । बिगत तिन दशकदेखि यस बजारको सारथिका रुपमा रहेको भन्दै व्यवसायिले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालिको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पुर्ण रुपमा सहयोग गर्दै आएको उनले उल्लेख गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया