सेबोनले दियो दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, कुनको कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति दिएको छ । अभियान लघुवित्त र सिक्लेस हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । 

सेबोनले सिक्लेसलाई गत असार २३ गते र अभियान लघुवित्तलाई असर २४ गते आईपीओ जारी गर्ने अनुमति दिएको हो । 

अभियान लघुवित्त
सेबोनले अभियान लघुवित्तले १०० अंकित दरका कुल ९ लाख ९७ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । यो संस्थाको चुक्तापुँजीको ३९ प्रतिशत बराबर हुन आउँछ । 

यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

सिक्लेस हाइड्रोपावर
सिक्लेस हाइड्रोपावरले चुक्तापुँजीको २३.५३ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ । 

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २० लाख कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि गरी दुई चरणमा निष्कासन गर्नेछ । 

हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया