प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

३ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकका संस्थापक शेयर धनीले आफ्नो नाममा रहेको संस्थापक शेयरहरु बिक्रि गर्नका लागि निवेदन दिएका हुनाले शेयर बिक्रिमा ल्याएको बैंकले जनाएको छ ।

जेठ १०, असार १६ र असार २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थापक शेयर बिक्रिमा ल्याएको हो । बैंकले एक सूचना जारी गर्दै ३५ दिनभित्र विद्यमान संस्थापक शेयर धनीहरुले बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

साथै ३५ दिनभित्र बैंकका शेयर धनीहरुले शेयर खरिद नगरेमा उक्त शेयर सर्वसाधारणमाझ विक्रि गरिने समेत बैंकले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया