काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्कासनको अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर निष्कासनको लागि लघुवित्तले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकको रुपमा यस अघि नै तोकि सकेको छ ।
वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो ।
प्रतिक्रिया