काठमाडौं - चालु आर्थिक वर्षको जेठसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ४ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
जीवन बीमा तर्फ ९ अर्ब ७ करोड रुपैयाँ र निर्जीवन बीमा तर्फ २ अर्ब ९६ करोड रुपैयाँ गरी एक महिनामा सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
कुल बीमाशुल्क मध्ये ६ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बागमति प्रदेशबाट मार्फत संकलन भएको बीमा समितिको तथ्याँक रहेको छ । यो कुल बीमाशुल्कको ५०.१० प्रतिशत हो ।
जीवन बीमा व्यवसायबाट ३ अर्ब ९० करोड रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट २ अर्ब १३ करोड रुपैयाँ गरी बागमति प्रदेशबाट मात्रै सो बराबरको बीमाशूल्क संकलन भएको हो ।
प्रतिक्रिया