आगामी संघ र प्रदेशको निर्वाचन अघि कुनैपनि पार्टीसँग एकता हुँदैन : माधाव नेपाल

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन अघि कुनैपनि पार्टीसँग एकता नहुने बताएका छन् । उनले तालमेल हुन सक्ने तर एकता भने नहुँने स्पष्ट पारेका हुन् ।

सोमबार धनगढीमा समाजवादी प्रेस संगठाद्वारा आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष नेपालले अहिलेकै गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताए । उनले भने,‘हाम्रो पार्टीमा गठबन्धनलाई निरन्तरता दिने कुरामा सबै एकमत हुनुहुन्छ, कोही ब्यक्तिले बोलेको अर्थ रहँदैन संगठनको निर्णय नै अन्तिम हो ।’

बाम एकताको कुरा चलिरहेको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने,‘बामपन्थी बिचार बोकेका सबै शक्तिलाई एकै ठाउँमा उभ्याउने पहल भइरहेको छ तर संबिधान नमान्ने, संघियता नमान्ने, राष्ट्रको हित विपरित हिडने शक्ती बामपन्थी भएपनि एकता हुँदैन ।’

३ बर्ष अगाडि

प्रतिक्रिया