नेपाल लाइफ र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढि सेयरमा आजसम्म मात्र बोेलपत्र पेस गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ । 

नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको कुल १३ लाख १६ हजार ८७१ कित्ता संस्थापक सेयर गत असार २० गतेबाट लिलामीमा राखिएको छ । उक्त लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिन्छ ।

विद्यमान संस्थापकका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयरमध्ये नेपाल लाइफ इन्स्योरेन्सको न्यूनतम प्रतिकित्ता ७०० रुपैयाँ र एनआईसी एसिया बैंकको ४२५ रुपैयाँ कायम गरिएको छ । 

यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सोभन्दा माथि १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया