श्रीलंकाको आवसीय जग्गाको मूल्यमा भारी गिरावट

३ बर्ष अगाडि

एजेन्सी - श्रीलंका अहिले स्वतन्त्र राज्य घोषणा भएपछिको सबैभन्दा गम्भीर आर्थिक अभावबाट गुज्रिरहेको छ । अर्थतन्त्र धरासायी भएसँगै श्रीलंकाको आवसीय जग्गाको मूल्यमा भारी गिरावट आएको छ ।

सन् २०२१ को दोस्रो त्रैमासमा २४ लाख ८० हजार श्रीलंकन रुपी प्रति पर्च रहेको आवसीय जग्गाको मूल्य सन् २०२२ को दोस्रो त्रैमासमा आइपुग्दा ९ लाख १९ हजार रुपी प्रति पर्च रहेको छ । सन् २०२१ को तुलनामा सन् २०२२मा जग्गाको मूल्यमा ६२.९४ प्रतिशतले कमी आएको छ ।

यसैगरी सन् २०१९ मा १५ लाख ६० हजार रहेको आवसीय जग्गाको मूल्य सन् २०२०मा १७ लाख २० हजार पुगेको थियो । सन् २०१९ देखि सन् २०२० मा १०.२५ प्रतिशतले बढेको जग्गाको मूल्य सन् २०२० देखि २०२१ मा ४४.१८ प्रतिशतले बढेको थियो ।

देशको आर्थिक अवस्था अनुकुल हुँदा आकाशिएको घरजग्गाको मूल्य अवस्थम प्रतिकूल भएपछि भारी मात्रामा घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया