काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असार २७ गते अन्तिम दिन रहेको छ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असार २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले आफ्नो १६ औँ वार्षिक साधारणसभा आउँदो साउन ९ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा झापाको बिर्तामोर्डस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । जसमा चुक्तापुँजीको ८.५ प्रतिशतले हुन आउने १ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४.३१ रुपैयाँबराबरको नगद लाभांश छन् ।
बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्तापुँजी वृद्धि गरी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७०.९३ रुपैयाँ कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
प्रतिक्रिया