बैंकहरुले अधिक प्रिमियम असुलेर व्यवसायीहरुलाई दुःख दिईरहेको छ : गोल्छा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक वित्तीय संस्थाका कारण उद्योगी व्यवसायीहरुले दुःख पाएको बताएका छन् । बैंकहरुले अधिक प्रिमियम असुलेर व्यवसायीहरुलाई दुःख दिईरहेको गोल्छाले बताएका हुन ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा महासंघले आयोजना गरेको छलफल कार्यक्रममा गोल्छाले सम्झौता विपरित बैंक वित्तीय संस्थाले अतिरिक्त शुल्क लिने गरेको बताएका हुन् । 

आधार ब्याजदर र प्रिमियमको दरमा भएको सम्झौता विपरित बैंकहरुले अतिरिक्त शुल्क लिँदा उद्योगी व्यवसायी मारमा परेकोतर्फ उनले राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन् ।

महासंघमा बैंक वित्तीय संस्थासँगको सम्झौता विपरित अधिक शुल्क असुलीका सम्बन्धमा धेरै उजुरी परेकोतर्फ उनले राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराए । यस्ता उजुरी दिनहुँआउने गरेको भन्दै उनले हस्तक्षेपकारी भूमिका खेल्न पनि गभर्नर अधिकारीसँग आग्रह गरे ।

तरलता अभावका कारण धेरै उद्योग व्यवसाय प्रभावित भएको भन्दै उनले यसलाई सम्बोधन गर्ने किसिमको मौद्रिकनीति आउने अपेक्षा आफुहरुको रहेको उनले बताए । साना तथा मझौला उद्योगहरु तरलता अभावको चरम शिकारमा परेको उनको भनाई थियो ।

पूँजी बजारका सम्बन्धमा बोल्दै महासंघ अध्यक्ष गोल्छाले ५५ लाख डिम्याट होल्डरको लगानी सुरक्षाका सम्बन्धमा पनि मौद्रिकनीतिले विशेष पहल गर्नुपर्ने सुझाव दिए । ठुलो संख्याका लगानीकर्ता बजारको निरन्तरको गिरावटले समस्यामा परेको भन्दै उनले न्यायदिनुपर्नेमा जोड दिएका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया