भारतिय सीमा क्षेत्रका पर्यटकीय होटल तथा रेष्टुरेन्टमा रुपे कार्ड मार्फत भुक्तानी गर्न सकिने प्रबन्ध मिलाइने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले भारतिय सीमा क्षेत्रका पर्यटकीय होटल तथा रेष्टुरेन्टमा रुपे कार्ड मार्फत भुक्तानी गर्न सकिने प्रबन्ध मिलाउने भएको छ । केन्द्रीय बैंकले भारतीय स्टेट बैंक आफ इण्डियाको लगानी रहेको नेपाल एसीआई बैंक मार्फत रुपे कार्डबाट भुक्तानी गर्न सकिने बातावरण मिलाएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी घट्दो विदेशी विनिमय सञ्चितिको समस्यालाई सहयोग पुग्ने गरी उक्त व्यवस्था गरेको बताए । उनले एसबीआई बैंकलाइ निर्देशन नै दिएर रुपे कार्ड मार्फत भुक्तानी गर्न सकिने पोस मेसिन पर्यटकीय क्षेत्रका हरेक होटल तथा रेष्टिुरेन्टमा व्यवस्था गर्न भनेको जानकारी दिए ।

त्यती मात्र नभई उनले नेपाल भारत सीमामा रहेका होटल रेष्टुरेन्टमा पनि रुपे कार्ड मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गराउन निर्देशन दिएको बताए । पछिल्लो समयमा नेपालमा ठूला दरका भारतीय नोट नचल्ने हुँदा पनि भारतीय पर्यटकका लागि समस्या हुने गरेको पर्यटन व्यवसायीहरुले बताउँदै आएका छन् । 

ठूला दरका नोट नचल्ने र साना नोट धेरै ल्याउन पर्ने समस्याले पनि भारतीय पर्यटकले चाहेर पनि खर्च गर्न नसकेको अवस्था रहेको व्यवसायीहरु बताउँछन ।

३ बर्ष अगाडि

प्रतिक्रिया