काठमाडौं - ईसेवा मार्फत जीवन बीमाको नविकरण बीमा शुल्क भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
ईसेवाले जुलाई १ देखि ७ तारेखसम्म ईसेवा मार्फत जीवन बीमा शुल्क भुक्तानी गरेकामध्ये सातजना भाग्यशाली विजेता चयन गरेको हो ।
एक हजार रुपैयाँ नगद पुरस्कार पाउने विजेताहरुमा एशियन लाईफ इन्स्योरेन्सका बृख बहादुर भण्डारी, नेपाल लाईफ इन्स्योरेन्सका इन्द्र माया महर्जन, सूर्य लाईफका भीमराज खनाल, ज्योति लाईफका विनय श्रेष्ठ, नेशनल लाईफका टिका दाहाल, प्राइम लाईफका प्रतिक्षा श्रेष्ठ र मेट लाईफका ओमकार ढुङ्गेल रहेका छन् ।

प्रतिक्रिया