साउनदेखि १० करोड बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - आगामी साउन महिना अर्थात आर्थिक वर्ष २०७९/८० बाट १० करोड भन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने भएको छ । 

आन्तरिक राजस्व विभागले आव २०७७/७८ वा २०७८/७९को मूल्य अभिवृद्धि र तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको हो । 

तर, कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बिजक जारी नगर्ने बैंक तथा वित्तीय संस्थाजस्ता निकायको कारोबारका हकमा यो व्यवस्था लागू नहुने विभागले जनाएको छ ।

यसैगरी बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु ९काठमाण्डौ उपत्यकाबाहिरका समेत०ले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । 

विभागले यसअघि २०७५ फागुन २९ गते जारी सूचनामा तोकिएका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने प्रावधानलाई आगामी आर्थिक वर्षका लागि निरन्तरता दिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया