‘परिस्थितिअनुसार मौद्रिक नीति आउँछ, सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ’ : गभर्नर अधिकारी

३ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हालको परिस्थितिअनुसारको मौद्रिक नीति आउने बताएका छन्। 

आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन अन्तरक्रियामा गभर्नर अधिकारीले यस्तो भनेका हुन ।  ‘अर्थतन्त्रलाई सही ठाउँमा ल्याउने गरी मौद्रिक नीति आउनेछ’, उनले भने, ‘त्यस्तो नीति आउँदा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। केही सहनुपर्ने ठाउँमा सहनुपर्छ, अप्ठ्यारो मान्नुहुँदैन।’

यस्तै, ‘१० महिना २२८ अर्ब ब्यालेन्स अफ पेमेन्ट डेफिसिटमा छौँ, ५४७ अर्ब करेन्ट अकाउन्ट डेफिसिटमा छौँ’, उनले भने, ‘यी कुरा अलि सेन्सेटिभ छन्, हामी सजग हुन आवश्यक छ।’ 

विश्वभर मन्दीको प्रभाव रहेको र त्यसको असर नेपालमा पनि देखिएको गभर्नर अधिकारीले बताए। ‘चुनौतीपूर्ण अवस्था छ, बाह्य क्षेत्रको स्थायित्व सबैभन्दा ठूलो चुनौती छ’, उनले भने, ‘अस्थिरता निम्तिने डर र त्रास छ।’

अधिकारीले सिस्टमलाई ठाउँमा राख्न सरकार र निजी क्षेत्रबाट पहल भइरहेको पनि बताए। ‘अर्थतन्त्र स्थिर हुनुपर्यो, त्यसमा सरकार र निजी क्षेत्र हुनुपर्छ र भइरहेको पनि छ।’
 

३ बर्ष अगाडि

प्रतिक्रिया