काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड ३ लाख ९ हजार बढि दाबी भूक्तानी गरेको छ ।
कम्पनीले गत आर्थिक बर्ष आएको बाढी पहिरोका कारण भएको क्षतिअन्तर्गतको दाबी वापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रुपैयाँ दाबी भूक्तानी गरेको हो ।
उक्त रकम बराबरको चेक मादीपावर प्रा। लिका जनरल म्यानेजर वेल जुनचाओलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तर गरेका हुन् ।
सगरमाथाइन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमवेदनशिल रही आफ्नो ग्रहाकहरुलाई यथाशक्य चाँडो दावीभूक्तानी गर्न प्रयत्नशिल रहीआएको ।
सगरमाथा इन्स्योरन्स कम्पनीले यस आर्थिक बर्षमा १ अर्ब ५३ करो८ बराबरको दावी भूक्तानी गरि सकेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया