सरकारद्धारा एकैदिन २५ अर्ब रुपैयाँ भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्ष सकिन एक सातामात्रै बाँकी रहँदा सरकारले विकास खर्चको भुक्तानीलाई तीव्रता दिएको छ । 

महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार शनिबारमात्रै सरकारले एकैदिन २५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । 

यो असार महिनाको २५ दिनमा मात्रै सरकारले ५२ अर्ब रुपैयाँ विकास खर्च गरेको छ। कार्यालयका अनुसार गत जेठ ३१ गतेसम्म विकास खर्च १ खर्ब ३७ अर्ब रुपैयाँमात्र रहेकोमा असार २५ गतेसम्म बढेर १ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । 

कार्यालयको तथ्यांकअनुसार पुँजीगत विकास खर्च वार्षिक लक्ष्य शनिबारसम्म ५०.११ प्रतिशत पुगेको छ । यद्यपि सरकारले चालु आवमा ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ ।

सरकारले अब नयाँ आर्थिक वर्ष नलागेसम्म अतिआवश्यकबाहेकको भुक्तानी रोक्नुपर्नेछ । किनकि आर्थिक वर्ष सकिनु सात दिनअघि नै ऐनले फ्रिज हुने भनी तोकिएको रकम भुक्तानी भइसक्नुपर्छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया